चितवन / लायन्स क्लव अफ भरतपुर सप्तरङ्गीद्धारा भरतपुरमा कटहर चोकमा रहेको असाहय महिला तथा बालबालिकालाई संरक्षण गर्दै आएको आर्दश गृह लाई आज (वीहीबार) एक कार्यक्रम गरि सरसफाई सामाग्री सहयोग गरेको थियो ।
लायन कृष्ण प्रसाद बराल, लायन विष्णु सापकोटा , लायन विश्वराज ढकाल तीनै जनाको जन्मोत्सवको अवसरमा सरसफाई सामाग्री सहयोग गरेको हङ्गर रिलिफ( Hunger Relif ) को प्रोग्राम कोर्डिनेटर नबिन बाबु मरहट्टाले जानकारी दिनुभयो ।

लायन्स क्लब अफ भरतपुर सप्तरङीले गरेको कार्यक्रम लायन्स क्लब अफ भरतपुर सप्तरङीको अध्यक्ष लायन सिता पाण्डेको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर लायन सिद्धार्थ लाल चुके , विशिष्ट अतिथि लायन राज कुमार श्रेष्ठ , विशिष्ट अतिथि लायन दुर्गा लक्ष्मी शाक्य, अतिथि लायन सुरेस श्रेष्ठ , अतिथि आर्दश गृहका सञ्चालिका मिना खरेल , लायन्स क्लब अफ भरतपुर सप्तरङीको विभिन्न हाउसका कोर्डिनेटरहरु र सदस्यहरु साथै समाजसेवी लगायतको भव्य उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि डिष्ट्रिक गर्भनर लायन सिद्धार्थ लाल चुकेले लायन्सको हालसम्मकै नयाँ कार्यक्रम भएकाले सप्तरङ्गी परिवार र जन्मदिन पर्नेहरुलाई धन्यबाद दिनुभयो । यस्ता नयाँ नयाँ कार्यक्रम गर्नको लागि हौसला दिनुभयो ।
अतिथि आर्दश गृहका सञ्चालिका मिना खरेलले लायन्स क्लब अफ भरतपुर सप्तरङीको सम्पूर्ण परिवारलाई धन्यबाद दिनुको साथै जन्मदिन पर्नुहुने तीनै जना लायन व्यक्तित्वहरुलाई खादा लगाएर सम्मान गर्नुभयो ।

लायन्स क्लब अफ भरतपुर सप्तरङीको अध्यक्ष लायन सिता पाण्डेले उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यबाद दिदै लायन कृष्ण प्रसाद बराल, लायन विष्णु सापकोटा , लायन विश्वराज ढकाल तीनै जना लायन व्यक्तित्वहरुलाई केक खुवाएर एकआपसमा खुशि साटासाट गरेर कार्यक्रम समापन गर्नुभयो ।
सहयोग कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लब अफ भरतपुर सप्तरङीको प्रथम उपाध्यक्ष ओमकार सिग्देलले राख्नुभएको थियो भने कार्यक्रम लायन्स क्लब अफ भरतपुर सप्तरङीको सचिव दुर्गा सुवेदीले सञ्चालन गर्नुभएको थियो ।























