चितवन / लुम्विनी विकास बैंक लिमिटेड ले आज मिति २०७९|०५|२२ गते ससस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवन मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सो कार्यक्रममा लुम्विनी विकास बैंक लिमिटेड नारायणगढ का शाखा प्रबंधक श्री सुरज कोइरालाले वित्तीय साक्षरता तथा लुम्विनी विकास बैंक कै हाकिमचोक शाखा प्रबन्धक श्री सुदर्शन घिमिरेले लुम्विनी विकास बैंक लिमिटेड काे सम्बन्धमा प्रकाश पार्नुभएको थियो।
वित्तीय साक्षरता कार्यक्रम ससस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक ससस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्री अञ्जनी कुमार पोखरेल काे उपस्थितिमा ससस्त्र प्रहरी अधिकृतहरु लगायत ६० जना सहभागी थिए । ।
सो कार्यक्रममा लुम्विनी विकास बैंक लिमिटेड कुरिनटार शाखाका शाखा प्रबन्धक श्री प्रदीप रेग्मी लगायत अन्य बैंक कर्मचारीहरु काे पनि सहभागिता थियो ।






















