चितवन / बिद्यार्थी संग अखिल क्रान्तिकारी ३ महिने अभियान अन्तर्गत आज (मङ्गलबार) अरुणोदय कलेजमा क नितिन बसौला को नेतृत्वमा ३१ सदस्यीय मुलइकाई समिती निर्माण भएको छ ।
त्यस्तै उपाध्यक्षमा सृजना ढकाल, भुमिका काफ्ले, रेजिना पाण्डे , सचिबमा सबिता शर्मा सह सचीवमा सुजन न्यौपाने,राजन बि.क. कोषधक्षमा अन्जना थापा चयन भएका छन् ।
विद्यार्थी जागरण एवम् शुद्धिकरण अभियान अन्तगत यो अभियान चलाएको विद्यार्थी नेता दिपक पोखरेलले जानकारी दिए ।

कार्यक्रमा सङ्गठनका सिसिएम दीपक पोखरेल , रुकु बस्नेत , कृष्ण सुनार , चितवन जिल्ला प्राबिधिक समितिका अध्यक्ष सन्देस अधिकारी , जिल्ला संयोजक विकास कोइराला , सह संयोजक सुसन पौडेल ,महानगर संयोजक पिनकल राज पन्त , संगठनका केन्द्रिय सदस्य अविनास रम्तेल , जिल्ला कार्यालय सदस्य सुशिल कार्की ,जिल्ला सचिवालय सदस्य एवम् छात्रा विभाग प्रमुख ममता पाण्डे लगायतका जिल्ला नेता हरुको उपस्थीति थियो ।






















