यहि मंसिर ४गते प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार दिने तयारीमा लागि परेकी देविका कुवरलाई उनका श्रीमानले समाजिक संजालमा ज्यादै मर्मस्पर्शी शब्दहरु लेखेर पोष्ट गरेका छन्।
कमल कुवँर लेख्नु हुन्छ
प्रिय जीवन संगीनी म र तिमीमा जीवन जिउनेशैली धेरै फरक भए तापनि तिम्रो लक्ष्यको बाधा कहिल्यै बन्न चाहिन। म परिवार सँग रमाउन चाहाने तिमी दीनदुखिको मुहारमा खुसि ल्याएर रमाउन चाहाने मान्छे परेउ, बिगत 1४वर्ष देखि तिमीलाई चिन्दछु, तिमिलाई चिनेको दिन देखि आज सम्म तिमी केवल अरुकै खुसिको लागि जिएको देखेको छु।
घर व्यवहारको कुशल व्यवस्थापक, व्यवसायको कुशल व्यवस्थापक, र हाम्रो छोरीको सहि आमा शिद्व भइसकेको छौ। खाँडी मुलुमा रहेको तिम्रो श्रीमानले, तिम्रो सफलताको सदैव कामना गरिरहेको छ। प्रतिनिधि सभा सदस्यको चुनावमा उठ्दै छौ, तिम्रो समाजसेवा मैले जति कस्ले नै देखेको होला र?? तिमीलाई तिम्रो श्रीमानबाट, मानसिक र आर्थिक रुपमा पुर्ण साथ रहने छ। हुन त तिमी आफैं सक्षम छौ तर पनि तिम्रो अभिभावकको ठाउँमा बसि हर तवरले तिम्रो साथ छु। मेरो सल्लाहको सदैव खयाल गर्नु, दुषित र विरोधका भाका कहिल्यै नहाल्नु।
हरेक व्यक्तिको सुझावलाई मनन् गरेर अगाडि बढ्नु, तिम्रो सकरात्मक सोच र आत्मा विश्वास नै तिम्रो हतियार हो अरु सबै कुरामा तिमी जानकार छौ। हरेक विषय बस्तुको अध्ययन पश्चात् मात्रै मुख खोल्ने गर्नु तिमिलाई हार्दिक शुभकामना ।। तिम्रो हरेक असल कदमको सहयात्री तिम्रो श्रीमान हाल कतार साँच्चै नै समाजमा यस्तै सकरात्मक सोच भएका पुरुषहरु हुने हो भने सायद आज संविधानमा हरेक क्षेत्रमा बाध्यात्मक रुपमा ३३% प्रतिशत महिलाको अनिवार्य समाबेश गर्नु पर्ने कानुन बनाउनु पर्दैनथ्यो होला।
एउटा सामान्य परिवारको महिला कुवर जसरी उम्मेदवार दिन र चुनावी प्रचारमा होमीएकी छिन् यदि सबै पुरुषमा कमल कुवँरको जस्तै भाव र साथ हुन्थियो भने सायद आज चितवन जिल्लामा अरुपनि स्वतन्त्र उम्मेदवार महिला निस्कन थिए होला। यो जोडीले समाजमा छुट्टै स्थान बनाई सकेको छ।
श्रीमान वैदेशिक रोजगारमा भए पनि कुवरले यता भरतपुरमा पनि फेन्सि व्यवसाय गर्दै आइ रहेकी छन्। दुई जनालाई रोजगार पनि दिएकी छन् र आफू चुनाव प्रचारप्रसार सँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय देखिएकी छन्।






















