चितवन / मंसिर ४ मा हुने संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेस चितवनका निवर्तमान सभापती जीतनारायणा श्रेष्ठकाे नाम सिफारिस भएको छ ।
क्षेत्रीय समितिले आज श्रेष्ठ सहित ५ जनाकाे नाम सिफारिस गरेकाे हाे । श्रेष्ठलाई उच्च प्रथामिकतामा राखेर नाम सिफारीस गरिएकाे क्षेत्रीय सचिब निर्मलकुमार रानाले जानकारी दिए ।
महामन्त्री गगन थापाकाे जस्ताे वाककला भएका श्रेष्ठले आफ्नाे राजनैतिक यात्र नेपाल बिध्यार्थी संघबाट सुरु गरेका थिए । युवा पुस्तामा रुचाईएका श्रेष्ठले यस अघि चितवन क्षेत्र नम्बर २ क बाट प्रत्यक्ष निर्वाचन लडेका थिए ।
एमाले र माओबादिकाे गठवन्धनका कारण पराजित भएका श्रेष्ठलाई अहिले संघीय निर्वाचनका लागि सिफारीस गरिएकाे हाे । उनलाई टिकट पाउने प्रवल दाबेदारको रुपमा हेरिएको छ ।





















