चितवन / अखिल (क्रान्तिकारी ) चितवन जिल्ला समन्वय समितिको आज बसेको कार्यलयको बिस्तारित बैठकले केन्द्रिय समिति द्वारा भाद्र २५ र २६ चितवन जिल्लामा छात्रा बिभागको राष्ट्रिय भेला गर्ने निर्णयको स्वागत गर्दै १ महिने विद्यार्थी जागरण एबम संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिको संयोजक विकास कोइरालाले बताए।
बैठकमा पालिकाहरुको पुर्ण बैठकको मिति पनि तोकेको पनि उनले जानकारी दिए । जसअनुसार भाद्र १९ भरतपुर महानगरपालिका र माडि नगरपालिका भाद्र २० राप्ती नगरपालिका र खैरहनी नगरपालिका भाद्र २१ रत्ननगर नगरपालिका र कालिका नगर पालिका भाद्र २७ इच्छा कामना गाउँपालिका असोज ७ प्राबिधिक समिति भाद्र २९ जिल्ला समन्वय समिति को पुर्ण बैठक मिति ठोस गरेको बताए।
बैठकले छात्रा बिभाग प्रमुखमा क. ममता पाण्डे र IT बिभाग प्रमुखमा क. संगीन सापकोटा चयन गरेको बताए।
चितवनमा रहेको रगतको आवश्यकता पुर्तिका निम्ति आपतकालीन नियमित रक्तदान गर्ने निर्णय समेत बैठकले गरेको कोइरालाले बताए।





















