काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ।
बैंकलाई सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सुप्र) १ जना र सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २४ जना आवश्यक परेको हो।
भदौ १७ आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।





















