काठमाडौं / कोरोना भाइरस संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी अभिनेत्री ऐश्वर्या राय र र उनकी छोरी आराध्या अचानक अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ४६ वर्षीया अभिनेत्री राय र छोरी आराध्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’मा भर्ना गरिएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।
केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् । ऐश्वर्याका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ ।
गत साता अभिनेता बाबुछोरालाई कोरोनाभाइरस संक्रमण भएको थियो । त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ संक्रमण भएको छ ।





















