चितवन / दरबार चोक टोल विकास संस्था भरतपुर ११ चितवनको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनबाट ओम सुनार को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।
उपाध्क्षमा सुरेस गोले सचिवमा सबिता सुनार कोषाध्यक्षमा चुडा प्रसाद ढकाल सह सचिवमा सावित्रा श्रेष्ठ र सदस्यहरुमा पूजा बिक , राम माया शाक्य , चुडाराज नेपाल , सुमन खड्का , बिजय कुमाल ,सुनिता बराली , सुसीला पाण्डे, रुक माँया गुरुङ्ग लगायत चयन भएका छन् ।

भरतपुर महानगरपालिका वडा न ११ का वडाध्यक्ष कमल मल्लको प्रमुख आथित्य र जलदेवी सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष माधव देवकोटाको विशिष्ट आथित्यमा सम्पन्न अधिवेशनको अध्यक्षता टोलका अध्यक्ष जमुना परियार रहनुभएको थियो ।
त्यस्तै कार्यक्रममा पूर्व अध्यक्ष प्रकाश गुरुङ्ग र पूर्व कोषाध्यक्ष सपना राई को विशेष उपस्थित रहेको थियो ।
टोलको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनमा स्वागत मन्तव्य ओम सुनारले राख्नुभएको थियो भने सचिव महेश शाहले कार्यक्रम सञ्चालन गरेका थिए ।
त्यस्तै कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ११ का वडा वडाध्यक्ष कमल मल्ल , अध्यक्ष जमुना परियारले मन्तव्य राखेका थिए ।
केबी लाईन टोल विकास संस्थाको अध्यक्ष समालिसकेका ओम सुनार विभिन्न सामाजिक काममा सक्रिय छन् ।





















