काठमाडौं / सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले ५० लाख भन्दा ठुला बीमा पोलिसीको सरेण्डर गर्ने अभिकर्ता तथा बीमितलाई अनुसन्धान गर्ने भएको छ । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरु सँग ५० लाख भन्दा ठुला पोलिसीको सरेण्डर विवरण माग गरिसकेको छ ।
बीमा समितिले प्राप्त सूचनाका आधारमा संका लागेका विवरणलाई नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईलाई जानकारी गराउनेछ । उक्त विवरणलाई वित्तीय जानकारी इकाईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जानकारी गराउनेछ ।





















