तमू सञ्चारकर्मी संघ चितवनको लागि एक लाख रूपैयाँको अक्षयकोष स्थापना
सान्दार अनलाईन
सोमबार, भदौ ०६, २०७९
प्रकाशित
Advertisement
भरतपुर / बागमती प्रदेश सभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीकी सह–महामन्त्री रीना गुरूङले तमू सञ्चारकर्मी संघ चितवनको लागि अक्षयकोष स्थापना गरेको छ। सोमबार भरतपुरमा संघको कार्यालय उद्घाटन गर्दै सांसद गुरूङले बुबा लालप्रसाद गुरूङको नाममा ‘लालप्रसाद गुरूङ सञ्चारकर्मी संघ पुरस्कार’ स्थापना एक लाख रूपैयाँको अक्षयकोष स्थापना गरिदिएकी हुन्।
अक्षयकोषको लागि रकम हस्तान्तरण गरेसँगै संघको तर्फबाट अध्यक्ष तुलमान गुरूङ र दाताको तर्फबाट सांसद रीना गुरूङले सम्झौतापत्रमा हस्ताक्षरण गरेका हुन्। उक्त अक्षयकोषको ब्याज रकमबाट प्रत्यक दुई वर्षमा १५ हजार ५५५ रूपैयाँका दरले एक जना गुरूङ सञ्चारकर्मीलाई पुरस्कृत गरिने संघले जनाएको छ।
सांसद गुरूङले आफूले पनि लामो समयसम्म सञ्चारकर्ममा काम गरेकै अनुभवको आधारमा सञ्चारकर्मीहरूको हकहित र संरक्षणको लागि पुरस्कारको लागि अक्षयकोष स्थापना गरिदिएको बताइन्।
संघको कार्यालय उदघाटन
तमू सञ्चारकर्मी संघ चितवनको कार्यालय उदघाटन गरेको छ। सोमबार तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङ र बागमती प्रदेश सभा सदस्य रीना गुरूङको उपस्थितिमा महाबौद्ध गुम्बा तीनखोलेस्थित तमू संग्रहालय भवनमा तमू ह्युल छोँज धीँ चितवनले उपलब्ध गराएको कार्यालयको उद्घाटन गरिएको हो।
चितवनमा गुरूङ समुदायबाट सञ्चारकर्ममा आवद्ध व्यक्तिहरू संगठित भएपछि समितिलाई थप चलायमान बनाउनको लागि ह्युल छोँज धीँ चितवनले कार्यालयको लागि एउटा कोठा निःशुल्क रूपमा उपलब्ध गराएको हो।
चितवनमा पनि बिस्तारै तमू समुदायको कार्य क्षेत्र फराकिलो बन्दै गएको भन्दै तमू ह्युल छोँज धीका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङले उनीहरूको संरक्षण र विकासको लागि गुरूङ जातिको हरेक संघसंस्थाले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए। दबिएर रहेका आवाजलाई सार्वजनिक गराउनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै आवाजविहीनहरूको आवाजलाई बाहिर ल्याउनेलाई समुदायस्तरबाटै सहयोगको आवश्यक पर्ने उनले बताए।
बागमती प्रदेश सभा सदस्य रीना गुरूङले भने पछिल्लो समय गुरूङसहित समग्र आदिवासी जनजाति समुदायबाट पत्रकारिता क्षेत्रमा सक्रिय हुनेको संख्या बढ्दै गएकोले समग्र आदिवासी जनजाति समुदायले अधिकार प्राप्त गर्न सफल भएको बताइन्।
प्रदेश सांसद गुरूङले चितवनका तमू सञ्चारकर्मीको लागि देखाएको सदासयताले गुरूङ समुदायबाट सञ्चारकर्ममा लागेका व्यक्तिहरूको आत्मबल बढेको तमू सञ्चारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरूङले बताए। ‘भर्खरै जन्मिँदै गरेको संस्थालाई यति ठूलो सहयोग पाउनु भनेको नसोचेकै विषय हो,’ उनले भने, ‘सञ्चारकर्मी संघको लागि स्थापित अक्षयकोषले तमू सञ्चारकर्मीमा थप उर्जा बढेको छ।’
कार्यक्रममा तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरूङ, तमू सञ्चारकर्मी संघका केन्द्रीय सचिव चित्रबहादुर गुरूङ, तमू ह्युल छोँज धीँ बागमती प्रदेश संयोजक एवम् चितवन जिल्ला अध्यक्ष गणेशबहादुर गुरूङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष राजेश रूम्बा, चितवन जिल्ला अध्यक्ष रमेश रानामगर, बौद्ध धर्म सेवा समिति चितवनकी अध्यक्ष विमला गुरूङ, तमू प्ये ल्हु संघ महिला समितिकी अध्यक्ष इन्द्रकुमारी गुरूङ, तमू नगर गुठी भरतपुरका अध्यक्ष पूर्णबहादुर गुरूङ, तमू प्ये ल्हु संघ युवा समिति चितवनका अध्यक्ष आशिष गुरूङलगायतले शुभकामना मन्तव्य दिएका थिए।