चितवन / नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा कालिका दैनिक अनलाइनका प्रधान सम्पादक पत्रकार शिशिर सिंखडामाथि हातपात भएको घटनामा चितवनका सञ्चार आवद्ध संघसस्थाहरुले भत्सर्ना गरेका छन् ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र प्रेस सेन्टर चितवनका कोषध्यक्ष किशोरचन्द्रले समाचारमा चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायमा निवेदन गर्न पाउने अधिकार र छानविनका लागि राज्यको निकाय हुँदाहुँदै त्यस्ता व्यवस्थाको वेवास्ता गरि पत्रकारमाथि हातपात भएको भनि स्वतन्त्ररुपमा पत्रकारिता गर्ने वातावरण बनाउन सविधानप्रदत अधिकारको सुनिश्चितता गर्न पत्रकारहरुले जोडदार माग गरेका छन् ।






















