हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन । आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै चन्चल रहने हुन्छ ।
यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद भएको पाइन्छ यति सम्मकि छुट्टा छुट्टै बस्न पुग्ने, बारम्बार कुट पिट भएको पनि भेटिएको छ ।
सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहनै हुदैन विस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुदै जानाले पछि मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।
कल्पना २५ वर्ष महिला हुन अर्को विवाह भएको २ वर्ष भयो । अहिले उनि श्रीमान तथा परिवार संगै छिन उनि अहिले छिट्टै रिसाउने, जिद्धी गर्ने तर्क गर्ने, एउटा काममा स्थिर रहन सक्दिन श्रीमान तथा परिवारका अन्य सदस्य संग उनको भनाभन भई रहन्छ । उनि कहिले रिस खप्न नसकेर रुन्छिन, कहिले अरुलाई अपशब्द बोल्छीन ।
परिवारको सदस्य संग उनको सम्बन्ध टाढिदै गएको छ । कहिले काही उनि ठुला ठुला कुरा गर्छिन राति निन्द्रा राम्रो परदैन । श्रीमान संग दिनहु कलह भइरहन्छ । उनि बढि फुर्तिलो देखिन्छिन । उनलाई यो रोग लागेको हो भनेर चिन्न कठिन छ । उनलाई अस्पताल ल्याएपछि मात्र थाहा भयो हाईपोमेनिया रोग लाग्यो भनेर ।
त्यस्तै रमा १६ वर्ष केटि हुन । उनि कक्षा ९ मा पढछिन् । गत १० दिन देखि उनि फरक देखिएकि छिन । आजकल उनि बढि बोलिरहन्छिन । उनि छिट्टै रिसाउँछिन । उनि निकै सिँगार पटार गर्छिन । उनि भन्छिन “म ३ दिन भित्र प्रधान मन्त्री वन्नेछु ।” उनि आफुलाई फूर्तिलो, सिपालु, जोसिलो राम्री ठान्छिन । उनिमा तडक भडक निकै छ ।
विवाह गर्ने कुरा पटक पटक गर्छिन । एउटा काम नसक्दै अर्कोकाम सुरु गर्छिन । उनले भनेको नमानेमा पिट्छिन । राती २–३ घण्टा सुतेपछि उठ्छिन, रेडियो, टि.भी.हेर्छिन र अरुलाई डिस्टर्व गर्छिन । उनि मिठो खानेकुरा र पैसा मागिरहन्छिन । अनि आफु धनि भएको फूर्ति उडाउछिन ।
उनको लक्षण समयमा थाहा भएन तर जुन उनको लक्षण वढुदै गयो । उनको अस्पतालमा उपचार भई रहेको छ र निको हुंदै छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन एउटा काम सक्न नपाउँदा अर्को काम थाल्छ । विरामी आनन्दि कुरामा दिन विताउँछ । म राजा वन्छु, म प्रधानमन्त्री वन्छु म नेता वन्छु भन्छ ।
पैसा वाँड्ने, कुरा वढाई चढाइ वोल्ने, राती २,३ घण्टा मात्र सुत्ने, गित गाउने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने । यो रोग पटक पटक दोहोरिने भएको हुनाले राम्रो विचार पुर्याउन जरुरी छ । यस्ता घटनँहरु समाजमा पटक पटक देखिरहन्छन । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौें घटन घटन सक्छन् । मेनिया भनेको हाइपोमेनिया भन्दा कडा अवस्था हुने रोग हो ।
यस्ता विरामी वर्षौ सम्म रक्सी पिउने, घर परिवार स“ग झगडा गर्ने, पर पुरुष स“ग शारीरिक सम्पर्क गर्ने र घरै छाडेर हिड्ने जोखिम हुन्छ । कहिलेकाहि यस्ता रोगका विरामीले गरेको अनौठो व्यवहार पत्र पत्रिकामा पनि पढ्न पाइन्छ तर यो रोग लागेर त्यस्तो भएको भन्ने चाहि थाहा हुदैन ।
यस्ता विरामी मध्ये करिब आधाजसो बिरामीमा व्यक्तित्वको समस्या (Personality Disorder) पनि भएको हुन्छ । अस्पताल लगेर विरामीको परीक्ष्ँण गरेपछि मात्र रोगको कारणले यस्तो भएको रहेछ भनेर थाहा हुन्छ ।
हाइपोमेनिया रोगका लक्षणहरु
& घमण्डी बन्ने, बढी फुर्ती लगाई कुरा गर्ने ।
& धेरै खुशी हुने तर भनेको नमाने झटक्क रिसााउने ।
& वढी आशवादी हुने सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
& मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने ।
& वढी पैसा माग्ने वा खर्च गर्ने ।
& पटक पटक ऐना हेरी रहने ।
& २ ३ घण्टा सुते पनि निद्र पुग्ने ।
& यैँनमँ बढी रुचि हुने ।
& एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने ।
& वर्षौ सम्म रक्सी पिउने, घर परिवार स“ग झगडा गर्ने, पर पुरुष स“ग शारीरिक सम्पर्क गर्ने र घरै छाडेर हिड्ने ।
उपचार
* रोगको संका लागे पछि विरामीलाई रिस उठने किसिमको व्यावाहार नगर्ने अस्पताल लगी सम्बन्धित विषेशज्ञको सरसल्लाह लिई उपचार गर्ने ।
* यो रोग एकपटक शुरु भए पटि अर्को पटक दोहोरिने समस्या ७० / ८० % रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्को पटक दोहरिदा कहिले पहिलेकै लक्षणहरु दोहोरिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसन हुने जस्तै दिक्क हुने रुने मर्छ भन्ने, राती निदाउन गाहो हुने) देखिन्छ ।
* यो रोग पटक पटक दोहोरिने भएकोले यो रोग बारे राम्रो जानकारी हुनु अति आवश्यक छ ।
हाइपोमेनिया रोगवारे जान्नैपर्ने कुरा
$ हाइपोमेनिया रोगका विरामी घमण्डी हुन्छन । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् विरामी, आफुले भनेको नभए झगडा गर्ने अरुलाई पिट्ने गर्छन । त्यसैले यस्ता विरामी संग अनावश्यक बादविवाद गर्नु हुदैन । नम्र भएर कुरा गर्नु पर्छ ।
$ हाइपोमेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन । त्यस्तो बेला तुरुन्त अस्पताल लैजानु पर्छ हाइपोमेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ ।
( प्रा. डा. सि पी सेडाई नशा तथा मनोरोग बिशेषज्ञ चितवन मेडिकल कलेजमा काम गर्नुहुन्छ)
![]()





















