चितवन / क्यान्सर पार्टी कमिटिको आयोजनामा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल ईकाईको पाचौ भेलाले ईकाईको अध्यक्षमा सावित्री शर्माको सर्वसहमत निर्वाचित भएकी छिन् ।
ईकाईको पाचौ भेलाले सावित्री शर्माको अध्यक्षतामा ३८ सदस्यीय नयाँ समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा विन्दु महतो र सविना वि क , सचिवमा गणेश तमाङ, सहसचिवमा महेश अधिकारी र कोषाध्यक्षमा विष्णु भुषाल लगायतको ३८ जनाको समिति साथै भेलाले शर्माकै नेतृत्वमा १५ सदस्यीय सचिवालय गठन गरेको छ ।
नेकपा माओवादी केन्द्रका क्यान्सर ईन्चार्ज खेम दर्जी सहित माओवादी केन्द्र महानगर उपाध्यक्ष पवित्रा रिजाल (स्मृति) , श्रमीक महासंघका ईन्चार्ज नन्दलाल दाहाल , माओवादी अग्रज नेता यदुमणी कंडेल , जिल्ला सह संयोजक पुष्कर भण्डारी र संघका महानगर अध्यक्ष नवराज लामिछाने , क्यान्सर पार्टी कमिटिका उपाध्यक्ष गोकर्ण सापकोेटा लगायतको विशेष सहभागीता थियो ।






















