चितवन / नेपाल राष्ट्रिय कर्मचारी महासंघ (नेराकम) ले कार्यालय भवन स्थापना भइसकेको अवस्थामा जिल्ला समन्वय समिति चितवनले संगठनको गतिविधि रोक्न लगाउनु आपत्तिजनक भएको जनाएको छ ।
महासंघले चितवनले संगठनको कार्यालय भवनको गतिवधि रोक्न लगाउनु न्यायोचित नहुने बताएको हो ।
जिसस चितवनको जग्गामा निर्मित भवन विवाद बारे आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा महासंघले यस्तो बताएको हो ।
अन्य संघ संगठनले भवन निर्माण गरी प्रयोग गर्दा नरोक्ने जिससले नेराकमलाई मात्रै रोकेर राजनीतिक पूर्वाग्रह साँधेको अध्यक्ष प्रेमप्रसाद ढकालले आरोप लगाए । ‘जिससको कार्यालय भवन अगाडि नै सरकारी जग्गामा नेकपा एमालेको कर्मचारी भातृ संगठन नेपाल निजामती कर्मचारी संगठनको कार्यालय र उत्तरतर्फ सरकारी घरमा नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको कार्यालय हुँदा हाम्रो कार्यालय भवन आवश्यक छैन भन्नु न्यायोचित हुन सक्दैन’, ढकालले भने ।
भवन निर्माण सम्पन्न भई कार्य प्रारम्भ समेत भएको अवस्थामा संगठनको गतिविधिहरु बन्द गर्न लगाउनु राजनीतिक पूर्वाग्राह भएको उनको भनाइ छ । उनले जिसस प्रमुख फरक बिचार धाराको भएकै कारण महासंघसँग राजनीतिक पूर्वाग्रह साँध्न खोजेको आरोप लगाए । उनले राजनीतिक सहमतिका आधारमा समस्या समाधान गर्न आग्रह पनि गरे ।
अदालतले काम रोक्न आदेश दिँदा समेत तपाईहरुले मान्नु भएन नि भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई त्यस बारे अधिकारिक रुपमा पहिला पत्र प्राप्त भएन । साउन १५ गते निर्माण सम्पन्न भएको थियो । १६ गते मात्र जिल्ला अदालतबाट निषेधाज्ञा पत्र प्राप्त भयो । सो समयमा भवन निर्माण कार्य सम्पन्न भइसकेको थियो ।’ उनले अदालतको आदेशको अवज्ञा गर्दै रातारात काम गरेको भन्ने आरोपको पनि खण्डन गरे ।
उक्त जग्गामा कार्यालय भवन बनाउन २०७४ सालमा नै साबिक जिल्ला बिकास समितिसँग सहमति भएको उनले बताए । संगठनलाई प्रयोग गर्न दिने आपसी सहमति अनुसार नै २०७४ असोज ६ गते साइन बोर्ड राखिएको उनले दाबी गरे । संगठनको साइन बोर्ड हुँदा हुँदै उक्त जग्गा यातायात व्यवस्था सेवा कार्यालयलाई भोगाधिकार दिएको उनको आरोप छ ।
महासंघका केन्द्रीय समिति सदस्य प्रमोद तिवारीले भवन निर्माण विवादको बिषयमा जिसस प्रमुख नारायणप्रसाद अधिकारीले आफुहरुलाई खबर नै नगरी अमुक संगठनसँग छलफलमा गर्ने गरेको आरोप लगाए । ‘भवन हामीले बनाएका छौं । जिल्ला समन्वय अधिकारी हामी सरोकारवालालाई नबोलाई अमुक संगठनलाई बोलाएर कुराकानी गर्नुहुन्छ । अनी भवन बनाउदा किन हामीलाई खबर गर्नु भएन भन्नु हुन्छ । हामीले २०७४ सालदेखि बोर्ड झुण्डाईरहेका छौं । हामीले बनाउने कुरामा किन सोध्न पर्यो’, उनले भने ।
उनले रातारात बाहिर बसेर हतार हतार आफुहरुविरुद्ध मुद्धा दर्ता गरिएको समेत आरोप लगाए । उनले संगठनविरुद्ध जिसस आक्रमक बनेको आरोप पनि लगाए । उनले यो समस्या राजनीतिक रुपले टुङ्गाउनुपर्ने बताए । उनले यसमा संगठनसँग आवश्यक समन्वय नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत दिए । ट्रेड युनियनको अधिकार प्रयोग गरेर चितवन ठप्प गर्नेसम्मको उनले चेतावनी दिए ।
‘हामीविरुद्ध आक्रमक रुपले जिसस आएको छ । यो बिषय राजनीतिक रुपले टुङ्गाइयोस् । भोलि आर्को विवाद आउँला । हामीसँग समन्वय भएन भने चरणवद्ध आन्दोलनमा जान्छौं । ट्रेड युनियनको अधिकार प्रयोग गरेर जस्तो सुकै आन्दोलन गर्न सक्छौं । दबाबमूलक आन्दोलन गर्छौं । चर्को-चर्को आन्दोलन हुन सक्छ । आवश्यक परे चितवन ठप्प गर्न पनि सक्छौं’, उनले भने ।
माओवादी केन्द्र निकटको संगठनले जिसस चितवनको स्वामित्वमा रहेको जग्गा हडपेर भवन निर्माण गरेको भन्दै जिल्ला अदालत चितवनमा मुद्धा दर्ता भएको छ । अदालतले तत्काल काम रोक्न आदेश दिएको छ । जिसस कार्यालय अगाडिको सरकारी अतिथि भवनमा यसअघि गंगाराम कलेज सञ्चालनमा थियो । कलेज त्यहाँबाट हटेपछि अतिथि भवन र भवनले चर्चेको जग्गामा यातायात व्यवस्था सेवा कार्यालयले सेवा सञ्चालन गर्ने तयारी थियो । जिसस र यातायात कार्यालयबीच २०७८ चैत ६ गते सम्झौता भएको थियो ।
प्रेस विज्ञप्ती
प्रस्तुत विषयमा नेपाल राष्ट्रिय कर्मचारी संगठन सम्पूर्ण कर्मचारीहरुको हक हितको लागि नेपाल
सरकार, श्रम तथा रोजगार प्रवर्द्धन विभागमा राष्ट्रिय स्तरको निजामती कर्मचारीहरुको ट्रेड यूनियनमा
दर्ता नं . २२१ मिति २०६४ १० २० गते विधिवत रुपमा दर्ता भै यसै अनुरुप देशका सबै जिल्लाहरुमा
जिल्ला कमटी गठन भएको व्यहोरा जानकारी गराउदछौ। यस चितवन जिल्लामा पनि कर्मचारीहरुका
हरेक जायज सवलहरुमा आवाज उठाउदै आईरहेको छ । आर्थिक अभावका कारण लामो समय देखी यस
संगठनले अन्यत्र सदस्यकै सहयोगमा घर उपलब्ध गराएर कार्यालय संचालन गर्दै आएकोमा मिति
२०७३ सालमा साविक जिल्ला विकास समितिका पदाधिकारी ( तत्तकालीन समयमा निर्वाचित
जनप्रतिनिधिहरुको समय अवधि पुरा भै स्थानीय विकास अधिकारीको अध्यक्षतामा राजनीतिक
प्रतिनिधिहरुको राजनैतिक संयन्त्र कायम रहेको ) तथा तत्कालीन स्थानीय विकास अधिकारीको मौखीक सहमतीमा गेष्ट हाउस भनीदै आएको पुरानो घरमा अध्यक्ष इमनाथ पौडेलको कार्यकालमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको कार्यालय स्थापना गरीयो र त्यसै भवनबाट संगठनका संगठानीक गतिविधिहरु संचालन भै आएको थियो । मिति २०७४ जेठमा गंगाराम कलेजका संचालक खेम बहादुर दर्जी र साविक जिल्ला विकास समिति विच सो भवन भाडामा लिने दिने विच सहमती भएपछि हाम्रो नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई सो भवनको दक्षीण तर्फ र कवर्ड हलको उत्तर तर्फको विचमा रहेको करीव ० -१ -८ जग्गा नेपाल राष्टिय कर्मचारी संगठनका लागि प्रयोग गर्न दिने आपसी सहमती अनुसार मिति २०७४- ०६ -०६ गते सामाजिक सेवा दिवश तथा हाम्रै सदस्य साथि श्री चोलाकान्त पोख्रेलको सेवा निवृतको विदाईको अवसर पारेर जिम्मेवार साथिहरुको रोहवरमा हाम्रो संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कमिटि चितवनको साईन बोर्ड गाड्ने काम भयो । यस सन्दर्भमा मिति २०७४ -०६ -०६ गतेको Neonchitwan@gmail.com फेशबुक अपलोड तथा फोटोहरु समेत प्रमाणको रुपमा प्रस्तुत गरिएको छ । त्यस पछि देशमा संघ , प्रदेश र स्थानीय तह गरी घ तहमा प्रशासनिक रुपान्तरण भैसकेको अवस्थामा श्री कृष्ण कुमार डल्लाकोटीको नेतृत्वमा निर्वाचित प्रतिनिधि द्धारा जिल्ला समन्य समितिको गठन भै छ वर्षे कार्यकालमा हाम्रो संगठनको भवन निर्माण सम्बन्धी साईन बोर्ड लगातार रही
आएको र उक्त अवधिमा समेत संगठनको भवन निर्माण स्थल लाई साविकको जिल्ला समन्वय समितिले
नैतिकरुपमा समर्थन गरि आएको अन्यथा उक्त साईन वोर्ड हटाउने सम्बन्धमा कुनै प्रतिक्रिया नभएको र
नआएको व्यहोरा समेत जानकारी गराउदै छ वर्ष देखि संगठनको साईन वोर्ड उक्त स्थानमा रही रहदा,
के उक्त समय अवधी सम्म त्यो बाटो प्रयोग गरि हिड्ने जि।स।स प्रतिनिधिहरु आँखा नै चिम्लीएर त्यो
बाटो हिडें भन्ने प्रश्न उव्जिएको छ। मिति २०७८ /१२ / ६ गते यस जिल्ला समन्वय समिति चितवन र
यातायात व्यवस्था कार्यालय चितवन विच सो जग्गा लिने दिने सम्बन्धी भोगाधिकार दिएको भनी
सम्झौता गर्दा समेत हाम्रो संगठनको भवन निर्माण स्थल भनी मिति २०७४।०६।६ गते राखीएको
साईन वोर्ड देख्दा देख्दै समेत हामी र हाम्रो संगठनलाई समेत जानकारी तथा कुनै छलफल तथा सूचना
समेत नदीएको र यातायत सेवा कार्यालय चितवन ले मिति २०७९।०२।२२ गते संगठनको साईन वोर्ड
माथी डोजर चलाएर हटाउन खोज्दा समेत हाम्रो संगठनले सो साईन बोर्ड यथावत स्थानमा नै राखी
राख्न सफल भएको त्यस पछी यातायत व्यवस्था सेवा कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख
विनोद पौडेलको कार्य कक्षमा समेत यस विषयमा संगठन तथा नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय
समितिका सदस्य श्री प्रमोद तिवारी नेपाल, बुद्धिजिवि संगठन महानगर चितवनका सचिव ओमकार
पाण्डे, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय उपमहासचिव तथा त्यसै कार्यालयका
अधिकृत छैठौ सुरेश चपाई लगायत कर्मचारिहरुको उपस्थितिमा छलफल भै निज विनोद पौडेलबाट नै
फिल्डमा गै निरीक्षण गरी स्थान तोकी दिएकोमा निवेदकको तर्फबाट यातायत व्यवस्था सेवा
कार्यालयको च .नं १५ को पत्रबाट यस विषयमा कुनै सिकायत तथा गुनासो नभएको तथा अन्य कोही
कसैको विषयलाई यसमा जोडन् पुग्नु हाम्रो संगठन प्रतिको पूर्वाग्राही भावना मात्र हो ।
नेपाल निवेदकको तर्फबाट प्रत्यार्थी भनीएको म प्रेमप्रसाद ढकाल नेपाल राष्ट्रिय कर्मचारी संगठनको
अध्यक्ष नभएको व्यहोरा समेत अनुरोध गर्दछु । म प्रेमप्रसाद ढकाल, वागमती प्रदेश, श्रम, रोजगार तथा
यातायात मन्त्री माननीय श्री घनश्याम दाहाल अविनाशज्यूको विशिष्ठ आतित्थ्यतामा मिति
२०७९ / ०४ /०७ गते सम्पन्न नेपाल राष्ट्रिय कर्मचारी महासंघको ५ औ जिल्ला अधिवेशनबाट निर्वाचित
अध्यक्ष रहेको व्यहोरा अनुरोध गर्दछु र सो भेलाबाट र नेपाल राष्ट्रिय कर्मचारी संगठन ,निजामतीबाट
समेत संगठनको बोर्ड गाडीरहेको स्थानमा भवन निर्माण गर्ने निर्णय भएको २०७९ /०४ /१० मिति द्दण्ठ९रण्द्धरज्ञण् गते
संगठनको पहलमा कार्यलयको लागि आवश्यक पर्ने ३ कोठा भवन निर्माणको लागि नेकपा माओवादी
केन्द्र चितवनका जिल्ला संयोजक श्री रामचन्द्र अधिकारीको प्रमुख आतित्थ्यतामा नेपाल राष्ट्रिय
कर्मचारी महासंघ, चितवनले हालको जिल्ला समन्वय समितिको कार्यालय अगाडि आफ्नो भवन
निर्माण गर्ने उद्देश्यले ५ बर्ष अगाडी शुरुगरेको अभियानले मुर्तरुप ग्रहण गर्ने शिलशिलामा पार्टीको
तर्फबाट कर्मचारी क्षेत्र हेर्ने जिम्मेवारी प्राप्त व्यक्ती नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला समन्वय
समितिका संयोजक आरसी अधिकारीबाट सिलन्यास गर्ने काम भएको थियो । कार्यक्रमको संचालन
महासंघ चितवनका नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद ढकालले संचालन गर्नुभएको थियो । सिलन्यास
कार्यक्रममा नेकपा (माओवादी केन्द्र )भरतपुर महानगर सचिब निशा न्यौपाने, पार्टी बागमती प्रदेश
सल्लाहाकार एवम कर्मचारी महासंघ केन्द्रीय सदस्य प्रमोद तिवारी, नेपाल बुद्धिजीवी संगठन, भरतपुर
महानगर सचिव ओमकार पान्डे, नेराकस (निजामती ) केन्द्रीय उपमहासचिव सुरेश चापाईं, स्थानिय
निकाय केन्द्रीय उपाध्यक्ष ओमप्रकाश न्यौपाने, महासंघ चितवनका पुर्व अध्यक्ष इमनाथ पौडेल, महासंघ
चितवनका पदाधिकारी एवम सल्लाहकार तथा अन्य सदस्यहरुको उपस्थितीमा नेपाल राष्ट्रिय कर्मचारी
संगठनको कार्यालय भवन शिलन्नयास गरी मिति २०७९ /०४ /१५ गते भित्रै निर्माण कार्य सम्पन्न गरी
सकिएको व्यहोरा अनुरोध छ । तर निवेदकहरुको तर्फबाट सम्मानीत अदालतमा निशेधाज्ञाको लागि
निवेदन पत्र चढाएको र हाम्रो संगठन र म नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्ष प्रेमप्रसाद
ढकालले मिति २०७९ /०४ /१६ गते मात्र चितवन जिल्ला अदालतबाट जारी भएको सूचना म्याद
निषेधाज्ञा पत्र तहाँ अदालतका कर्मचारी श्री टंक प्रसाद कडेल मार्फत प्राप्त भएको जानकारी समेत
जानकारी गराउन चाहन्छु ।सो समयमा कार्यालय भवन निर्माण सम्पन्न भै सकैको व्यहोरा अवगत
गराउन चाहन्छु । यस सन्दर्भमा नेपाल सरकारबाट मान्यता प्राप्त राष्ट्रिय स्तरका ट्रेड यूनियनहरुले सेवा
प्रवाहमा चुस्त दुरुस्त तथा पेसागत हक अधिकारकी लागि स्थापीत संस्थाहरु राज्यका सम्पति हुन
।यस्ता जिम्मेवार ट्रेड यूनियन संगठन लाई समेत कुनै सूचना, जानकारी तथा छलफल विना नै
पुर्वाग्रीढंगले सम्मानीत अदालतमा निवेदन पेश गर्नु नै जिल्ला समन्वय समिति तथा त्यसका
पदाधिकारीहरु प्रति पूर्ण खेद व्यक्त गर्दछौ । जिल्ला समन्वय समिति तथा जिल्ला समन्वय अधिकारीको
पदिय मर्यादा अनुसार सबै पक्षलाई वार्ता छलफलमा नै नवोलाई मुद्दा दायर गर्ने उनीहरुको नैतीक
कर्तव्य तथा दायित्व भित्र पर्दैन रु जिल्लाको सार्वजनीक सम्पतीहरुको सुरक्षा गर्ने जिम्मा कानुनले
जिल्ला प्रशासन कार्यालयलाई दिएको अवस्थामा जिल्ला समन्वय अधिकारीले जिल्ला प्रशासन तथा ट्रेड
यूनियन पदाधिकारीहरु विच छलफल गराएर निकास निकाल्नु पर्नेमा सो नगरी जिम्मेवारीबाट
पन्छीएको देखीन्छ। साविक जिल्ला पन्चायतको नाममा भनीएको उक्त जग्गाको उत्तर र पश्चिम तर्फ
समेत विभन्न संघ संस्थाहरुले भवन निर्माण गरी प्रयोग गरी रहेको व्यहोरा समेत अनुरोध छ ।ति
संस्थाहरुले समेत सरकारी सार्वजनिक जग्गामा कुन आधार र प्रकृयाले भवन निर्काण गरे रु जि।स।स।को
कार्यलय भवन अगाडी नै सरकारी जग्गामा नेपाल कम्यूनिष्ट पार्टी एमालेको कर्मचारी भातृ संगठन
नेपाल निजामती कर्मचारी संगठनको कार्यालय भवन रहेको र उक्त संगठनले प्रत्येक वर्षा भवन विस्तार
तथा तला थप्ने कार्य गरी रहेको र अधिकार कहाँबाट कसरी पायो भन्ने सबैका माझ छर्लन्ङ छ। यस लाई
रोक्ने कार्य जि।स।स। किन गर्न चाहन्न ? जि.स. स.को उत्तर तर्फको कम्पाउण्ड सँगै जोडिएको सरकारी
घरमा नेपाली काँग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल कर्मचारी यूनियनको कार्यालय समेत रही
रहेको व्यहोरा समेत अनुरोध गर्दछु । नेपाल निजामती कर्मचारी संगठनको कार्यालय भवन र नेपाल
कर्मचारी यूनियनको कार्यालय भवन सरकारी जग्गा तथा घरमा हुदा, नेपाल राष्ट्रिय कर्मचारी संगठन
चितवनको कार्यलय भवन आवश्यक नपर्ने भन्ने न्यायोचित हुन सक्दैन। त्यसकारण नेपाल राष्ट्रिय
कर्मचारी संगठनले हाल निर्माण सम्पन्न गरेको भवनमा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेको र
गर्नु नै न्यायोचित हुन जान्छ यस विषयमा हाम्रो संगठनका गतिविधिहरु बन्द गर्न लगाउनु राजनितिक
पुर्वाग्राही बाहेक अन्य केही होईन भन्ने हाम्रो संगठनको राय रहेको छ । राजनैतिक सहमतिका आधारमा
यो समस्या समाधानको लागि अनुरोध गर्दै, निर्माण सम्पन्न नेपाल राष्ट्रिय कर्मचारी संगठनको भवनको
सूरक्षाको लागि सम्बन्धीत निकायमा अनुरोध छ ।
अध्यक्ष
प्रेमप्रसाद ढकाल
नेपाल राष्ट्रिय कर्मचारी महासंघ
चितवन ।
मिति: २०७९ / ०४/ २३

























