नुवाकोट / नुवाकोट र धादिङको सीमानामा रहेको बञ्चरेडाँडामा पुनः फोहोर बिसर्जनमा अबरोध सिर्जना भएको छ ।
काठमाडौँ महानगरपालिकाले फोहोर बिसर्जनका लागि विभिन्न समयमा गरेको प्रतिवद्धता र सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले आइतबार बिहानैदेखि फोहोरका गाडी रोकेका छन ।
उनीहरूले फोहोर बिसर्जनमा अबरोध सिर्जना गरेका हुन । काठमाडौँ उपत्यकाको फोहोर बिसर्जनका लागि अनेक आश्वासन दिने र सहमति गर्ने तर कार्यान्वयन नगरेपछि पटक पटक समस्या सिर्जना भैरहेको स्थानीयले बताएका छन ।
१८ बुँदे सहमति कार्यान्वयन नभएपछि धादिङ तर्फका स्थानीयले फोहोर बिसर्जनमा अबरोध गरेका हुन । उनीहरूले पटक पटक सहमति गर्ने तर कार्यान्वयन नगर्ने सरकारी कार्यशालीले स्थानीय पीडित बनेको बताएका छन ।





















