चितवन / लायन्स क्लव अफ भरतपुर सप्तरङ्गी दोश्रो कार्यकालको पहिलो विस्तारित सचिवालयको बैठक क्लवको अध्यक्ष लायन सीता पाण्डेको नेतृत्वमा भरतपुरमा बस्यो ।
बैठकमा क्लवले विगतमा गरेका विभिन्न कार्यक्रमको समीक्षा गर्नुका साथै आगामी योजना र कार्यक्रम बारे विमर्श गरियो ।

क्लवको ईतिहासमा लोकतान्त्रिक वहस भएको वैठकमा क्लव दर्ता,पान लिने,कारोबार पारदर्शी गर्ने,कार्यक्रमको उपदेयता प्रतिफल समेत सबै सदस्यलाई जानकारी दिनु पर्ने,सदस्यका व्यवसायहरुको प्रोमोट गर्ने कुरा सोचिनु पर्ने ,कार्यक्रम मितव्ययी हुनुपर्ने ,सधै पैसा अगाडि नसारेर पनि समाज सेवा गरिनु पर्ने ,वेवसाईटमार्फत जोडिनु पर्ने र क्लवको कोष परिचालन आफ्नै सदस्यमा हुनु पर्ने जस्ता सुझावहरु सदस्यहरुबाट आएकोमा समितिले धेरै बिषय सकरात्मक रुपमा लिएको थियो ।
क्लवका धेरै सचिवालय सदस्य उपस्थित बैठकमा निवर्तमान कोषाध्यक्ष दुर्गा सुवेदीले आय व्यय पेस र लेखा संयोजक गंगाधर खरालले सुझाव सहितको टिप्पणी गर्नुभएको थियो ।

५ घण्टा चलेको वैठकले क्लवमा देखिएका केही समस्या हल गर्न र नयाँ कार्यक्रम थालनीको लागि निर्देशन दिएको थियो ।एजेण्डा प्रस्तुत ,राय लिने जवाफ दिने कार्य अध्यक्षबाट भयो भने सहजीकरण गर्ने काम वरिष्ठ उपाध्यक्ष ओमकार सिग्देल र उपाध्यक्ष प्रकाश सिँह बिष्टले गर्नुभएको थियो ।
धेरै वक्ताहरुले मन्तव्य दिएको उक्त कार्यक्रम सञ्चालन सचिव दुर्गा सुवेदीले गर्नुभएको थियो ।





















