सरकारले आगामी मंसिर ४ गते एकैचरणमा देशभर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको छ।
निर्वाचनको मिति तोक्नेबारे छलफल गर्न आज बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ गते नै निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको छ।
यसअघि निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्नका लागि सरकारलाई सुझाव दिएको थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरेका थिए।
आज गठबन्धनका शीर्ष नेताहरु सोही समयमा नै निर्वाचन गर्न सुझाव दिएको छ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले त्यसलाई आधिकारिकता दिनेछ।






















