चितवन / प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले केन्द्रीय कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ ।
आज (मंगलबार ) भरतपुर १० हाकिमचोकमा कार्यालयमै आयोजित कार्यक्रमकाबीच निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको हो ।
२०७९ साउन १३ र १४ मा सम्पन्न प्रेस सेन्टर नेपाल केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठकबाट उपाध्यक्ष र सचिवमा सर्वसम्मत रुपमा क्रमश सुरेश चन्द्र अधिकारी र शान्ता अधिकारी निर्वाचित भएका थिए ।

यस अघि चितवनमा चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सदस्यमा चितवनका निवर्तमान अध्यक्ष प्रकाश ज्ञवाली, नारायण ढुङ्गाना र सन्तोष देउजा सर्वसम्मत निर्वाचित भएका थिए ।
उनीहरुलाई नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी , प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठक ,प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनका पदाधिकारी लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।






















