पोखरा / देशका ६ वटा महानगरपालिका प्रमुख ,उप प्रमुख तथा प्रमुख प्रशाकिय अधिकृतहरुको पहिलो महानगर मेयर सम्मेलन नेपाल २०७९ पोखरामा शुरु भएको छ ।
पोखरा महानगरले आयोजना गरेको महानगर मेयर सम्मेलन नेपाल पहिलो पटक आयोजना गरिएको पोखरा महानगरका प्रमुख धनराज आर्चयले जानकारी दिनु भयो ।
सम्मेलनमा ६ वटा महानगरका प्रमुख, उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत गरि १८ जना र ५ जना बिज्ञ ब्यक्तिहरु गरि जम्मा २३ जनाको सहभागिता रहेको छ ।
सम्मेलन पुर्बाधार बिकास, जनताले अपेक्षा गरेका नयाँ नयाँ गौरबका कार्यक्रम,सघियता सग सम्बन्धित विषय बस्तु, शहरी बिकासका बारेमा सहजीकरण तथा सिकाइ र भोगाइका कुराहरुको बारेमा केन्द्रित हुने छ ।
सम्मेलन हरेक बर्ष गरिने गरि कार्ययोजना तयार भएको छ । सम्मेलन भोलि शनिबार सम्म जारी रहने छ । सम्मेलन पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न हुने छ ।






















