चितवन / सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
संगठनको कार्यालय भरतपुर १०चितवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७ महिला र ३१पुरुष गरी ३८ जना रक्तदाताले रक्तदान गरेका हुन्।
नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने प्रमुख अतिथिका रुपमा रहनुभएको उक्त कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय उपाध्यक्ष रामहरि ढकाल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य द्वय फडिन्द्र प्रसाद खनाल र तेजनाथ पुडासैनी नेपाल स्वास्थ्यकर्मी महासङ्घ चितवनका अध्यक्ष केशवप्रसाद सापकोटा एमाले नेता गुरु घिमिरे लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि न्यौपानेले रक्तदान गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। नेपाल निजामती कर्मचारी संगठन जिल्ला शाखा चितवन आयोजक रहेको उक्त कार्यक्रमको सभाध्यक्षता जिल्ला अध्यक्ष बिष्णुप्रसाद ढकालले गर्नुभएको थियो।
बिभिन्न राजनीतिक तथा पेशागत आन्दोलनका क्रममा हत्या भएकाले मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विश्वकर्मालाई निजामती सहिदका रुपमा हरेक बर्ष स्मरण गर्दै बिभिन्न कार्यक्रमको आयोजना गरिन्छ।





















