चितवन / भरतपुरको सामुदायिक स्कूल नारायणी नमुना उच्च माविले यस बर्षपनि एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।
भरतपुर महानगरपालिका-१० मा रहेको विद्यालयले विगतका बर्षहरुमा जस्तै यसबर्ष पनि उत्कृष्ट नतिजा ल्याएको हो ।यस बर्ष विद्यालयबाट ३८२ जनाले एसईई दिएका मध्य ९३ जनाले ‘ए’ प्लस, १०९ जनाले ‘ए’, ८४ जनाले ‘बी’ प्लस, ५० जनाले ‘बी’ र ४३ जनाले ‘सी’ प्लस र ३ जनाले ‘सी’ ल्याएका छन् ।
त्यो भन्दा कम जिपिए कुनैपनि विद्यार्थीले ल्याएका छैनन् । यस बर्ष विगतका बर्षहरुमा भन्दापनि राम्रो नतिजा आएको स्कूलका प्राचार्य पूर्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘ शिक्षक, कर्मचारीको लगनशिलता, विद्यार्थीको मेहनत, अभिभावकहरुको सहयोगका कारण विद्यालयले उत्कृट नतिजा हाँसिल गर्न सफल भएको हो ।’
उहाँले नारायणी नमूना माविको नतिजा नेपालकै सामुदायीक विद्यालयमा उत्कृष्ट भएको बताउनुभयो । यस बर्ष विद्यालयले कक्षा ४ देखि ९ सम्मको भर्ना आवेदन खोल्दा २२ सय विद्यार्थीले अध्ययनका लागि प्रवेश परीक्षा दिएको थिए ।
यो विद्यालयमा अध्ययनका लागि अन्य सामुदायीक विद्यालयसंगै बोडिङ स्कूलका विद्यार्थीपनि आर्कर्षित हुने गरेका छन् ।





















