काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। बुधवार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन्।
यस वर्षको ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ। त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षा बोर्डले जनाएको छ। २.८ देखि ३ दशमलव २ जिपिए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ। २.४ देखि २.८ जिपिए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन्।
यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जिपिए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए। गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए।





















