पत्रकारहरुको उन्नतीको बाटो पहिल्याउने गरी काम गर्छौँ / शिव लम्साल
सान्दार अनलाईन
मङ्गलबार, साउन १०, २०७९
प्रकाशित
Advertisement
चितवन / नेपाल प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष शिव लम्सालले श्रमजीवि र कलमजीविको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रेस युनियन चितवनले आज (मंगलबार) आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उनले नेपालमा पत्रकारिता क्षेत्रमा देखिएको समस्या समाधान गर्दै श्रमजीवि र कलमजीविको पक्षमा काम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताए ।
पत्रकारहरुको उन्नतीको बाटो पहिल्याउने गरी काम गर्ने बताउँदै लम्सालले पत्रकारहरुको आर्थिक, सामाजिक लगायतका पक्षमा सवलीकरण गर्न नेतृत्व गर्ने बताए । प्रेस स्वतन्त्रत र अभिव्यक्ति स्वतन्त्रताको लडाईमा प्रेस युनियन सधै अग्रमोर्चामा रहने दाबी गरे ।
उनले “२०४८ मा गठनहुदा लोकतन्त्र बचाउँने प्रयोजन थियो, अहिले पत्रकारहरुको उन्नती प्रगतीका बाटोहरु पहिल्याउनु पर्ने देखिएको छ ।” उनले भने, “विगतका अधुरा कामहरु पुरा गर्ने चूनौती छन्, हामी देशकै बलियो र असल संगठनका रुपमा विकास गर्नेछौँ ।”
नवनिर्वाचित उपाध्यक्ष नकुल अर्यालले मोफसलका पत्रकारहरुको पक्षमा ठोस काम गरिने बताए । श्रमजिवी पत्रकारका मुद्धाबारे बहस चलाइने बताए ।
त्यस्तै नवनिर्वाचित महासचिव दिलीप पौडेलले मोफसलका स्वरोजगारमुलक सञ्चारमाध्यमका समस्या समाधानका लागि कामहरु गरिने बताए । नयाँ नेतृत्वले ट्रेड युनियन अधिकार, न्यूनतम पारिश्रमीक विषयमा वकालत गर्ने बताए । जिल्ला शाखाहरुलाई संरक्षकत्व, मार्गनिर्देशन गर्दै अगाडी बढ्ने बताए ।
कार्यक्रममा युनियनका निवर्तमान बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगाएतले बोलेका थिए ।