चितवन / सेन्ट्रल कलेजले अष्ट्रेलिया , जापान लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई विशेष छुट दिने योजना ल्याएको छ ।
सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई छुट अफर योजना जारी गरेको छ । आज (सोमबार) भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कलेजले छुट अफर घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञविलास पौडेल ‘वाइबी’ले अध्ययनका लागि विभिन्न देशमा जान चाहाने दलित,जनजाती र पछाडि परेको समुदायलाई बिशेष छुट दिने घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो,‘महिला विद्यार्थी र बाहिरी जिल्लाबाट चितवन, नवलपुरमा आएर डेरा गरी बस्ने विद्यार्थीलाई पनि सहुलियत प्रदान गरिनेछ ।’ यस्तै कलेजले विदेश अध्ययन गर्न जान चाहने खेलाडीहरुलाई पनि बिशेष छुट प्रदान गर्ने प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।
जेहेनदार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विभिन्न युनिभर्सिटी र कलेजमा स्कलरसिपमा अध्ययनका लागि पठाइने छ,उहाँले भन्नुभयो ।
कलेजले बिगत १२ बर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको छ । स्थापना कालदेखिनै जापानमा विद्यार्थी पठाउँदै आएको कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, यूरोप, दक्षिण कोरिया लगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका कामसमेत सुरु गरेको पत्रकार सम्मेलनमा प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।

२०१० सालमा दर्ता भएर संचालन भएको कलेजले शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त गरेर सुरुवातका दिनमा होटल, इलेक्ट्रोनिक्स, कम्प्युटर लगायतका तालिम समेत प्रदान गर्ने गरेको थियो ।
विद्यार्थीलाई तालिम दिने, भाषा पढाउने र अध्ययनका लागि विदेश जानेहरुका लागि परामर्श र भिजा प्रोसेसिङका काम गर्ने उदेश्यले कलेज स्थापना भएको पौडेलले बताउनुभयो ।
हालसम्म सयौं विद्यार्थीलाई सेवा दिइसकेको उहाँको भनाई छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् ।

नेपालका विभिन्न जिल्लामा शाखा रहेको सेन्ट्रल कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालय संचालनमा ल्याएको जनाएको छ ।
एक महिनाभित्र टोकियो, ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको कलेजले जानकारी दिएको छ । जापानमा स्थापना भएका सम्पर्क कार्यालयले यहाँबाट गएका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने प्रिन्सिपल पौडेलले बताउनुभयो ।
विशेषगरी खेलकुदलाई प्राथमिकता राखेर स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सेन्ट्रल कलेजले सहकार्य गर्ने गरेको छ ।
सेन्ट्रल कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा सामाजिक कामहरु पनि निरन्तर गर्दै आइरहेको छ ।
रक्तदान, लागु पदार्थ दुव्र्यसनी बिरुद्धका अभियान,ट्राफिक सचेतना,नेतृत्व विकास लगायतका कार्यक्रममा सेन्ट्रल कलेजले अग्रसर भएर काम गरिरहेको छ ।
सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी , प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल ,प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्य र प्रेस सेन्टर नेपाल चितवनका सहसचिव नबिन बाबु मरहट्टा अतिथि रहनुभएको थियो ।
कार्यक्रममा नवलपुर र चितवनमा सञ्चालित मिडियाका सम्पादकहरुको राम्रो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार प्रकाश सिग्देलले गर्नुभएको थियो ।





















