चितवन / चितवन प्रहरीले भरतपुरको नवजागृति वनबाट बरामद गरेको सालको गोलियासहितको बोलेरो गाडी डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी गस्ति टोलीले भरतपुर महानगरपालिका–११ स्थित नवजागृति सामुदायिक वनमा अवैध रुपमा लोड गरी राखिएको ६७.६५ क्युफिट सालको गोलियासहित ना ४ च ४४१२ नम्बरको बोलेरोलाई नियन्त्रणमा लिएको थियो ।
आवश्यक कारबाहीको लागि काठ र गाडीलाई वन कार्यालय पठाइएको चितवन प्रहरीले जनाएको छ ।





















