जन्मँदैमा छोरा र छोरी भेदभाव
के हो राम्रै सँग खेपेको मान्छे
नाबालक मै सहन नसक्ने
पिडाको सागर देखेको मान्छे ।
म सँगैका ले खेलाउन खेल्दा
जिन्दगी सँग खेलेको मान्छे
म अघि बढ्न तम्सन्थे तर
दुनियाँले सँधै पेलेको मान्छे ।
जति उतार चढाव आए पनि
पिडा सँग हार्न नजानेको मान्छे
ईसारामा नचाउने भेटें तर कहिल्यै
अरुको बातमा न नाचेको मान्छे ।
दीन दुखीको लागी आफैलाई
रित्याउन तत्पर रहने मान्छे
कसैले पिर, व्यथा देखाउँदा
भावनामा चाँडै बहने मान्छे ।
आफ्नै नजरबाट उठ्नको लागि
दुइ चार जनाबाट हेपिएको मान्छे
पैतृक सत्ता नहुँदा,इसारामा नचल्दा
चारै तिरबाट धेरै चेपिएको मान्छे ।
जिद्दी, घमण्ड र अहंकारको उपनाम
धेरैको मुखबाट सहजै पाएको मान्छे
जसको भरपुर विश्वास गर्यो, उसैको
व्यवहारबाट धोका खाएको मान्छे ।
कसैको लागि कु भाव छैन सबैलाई
आफ्नै अङ्ग जस्तै मानेको मान्छे
नकारात्मक भाव सबै हटाइ, स्वच्छ
मनले अघि बढ्ने ठानेको मान्छे ।
मेरा सानो प्रयासले कसैको जिवनमा
खुसी भर्न सकुँ भनि अघि बढेको मान्छे
देखिएको र लेखिएको किताब भन्दा,
जिन्दगीको पाना धेरै पढेको मान्छे ।
( लेखक देविका कुवँर दुखको साथी अभियानको संयोजक हुनुहुन्छ )





















