चितवन / गायिका सरिता गुरूङ श्रेष्ठको तीजको नया गीत ‘भाइरल साडी’ को भिडियो सार्वजनिक भएको छ ।
विगत लामो समयदेखि तीज गीतकी गायिकाको परिचय बनाउन सफल सरिताले ‘भाइरल साडी’ नामक उक्त गीतमा शब्द तथा लय संकलनका साथै स्वर श्रेष्ठको नै रहेको छ ।
नृत्य निर्देशक संघ चितवनकी अध्यक्ष रहेकी रेनु तामाङले गीतको भिडियो निर्देशन गरेकी हुन् ।भिडियोमा अभिनय समेत निर्देशक तामाङ र गायिका सरिता आफैँले गरेकी छन् ।वर्षा म्युजिक प्रालिको ब्यानरमा निर्मित भिडियोलाई भने सन्तोष सुनारले खिचेका हुन् ।भिडियोलाई सुरेस चौधरीले सम्पादन गरेका हुन् ।
गायिका श्रेष्ठको यस अघि ‘पानी पर्यो दर्केर झण्डै रूझिन’, ‘कसो गरम् चमेली’, ‘तीजैमा भाइले’ (बरिलै), ‘हङकङको जुत्ता’लगायतका सफल गीतहरु सार्वजनिक गरिसकेकी छिन् ।





















