काठमाडौं / नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन हजार ८४४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २१४ जना तथा एन्टिजेन विधिबाट ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १ हजार १७१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





















