।बिस्तारित बैठकमा ४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको जसपा नेताहरूको दाबी छ ।
बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् ।
उनका अनुसार पहिलो– नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रोमा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य र एकीकरण गर्दै जाने । अब पार्टी पुनर्गठन अनिवार्य भएको उनको भनाई थियो ।





















