काठमाडौं / गुगलको जीमेल विश्वको सबैभन्दा बढी प्रयोग भएको ईमेल सेवा हो भन्दा फरक नपर्ला। गुगलले यसमा आकर्षक फिचरहरू ल्याएर नयाँ परिवेशमा नयाँ सेवाको आभास गराइरहन्छ। माउन्टेन भ्यूस्थित गुगलप्लेक्सले जीमेललाई अफलाइन प्रयोग गर्न सकिने बनाएको छ। सामान्य अर्थमा भन्दा अब इन्टरेनट कनेक्सनबिना नै जीमेल प्रयोग गर्न सकिने भएको छ। आज हामी जीमेललाई कसरी अफलाइन प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं।
गुगललाई यसरी अफलाइन मोडमा प्रयोग गर्नुहोस्:
विभिन्न किसिमका इमेल सेवा जस्तै जीमेल, याहू, आउटलुक, हटमेल आदिको प्रयोग गर्न इन्टरनेट अनिवार्य हुन्छ। इन्टरनेट भएको खण्डमा मात्र प्रयोगकर्ताले नयाँ मेल हेर्न, आफूले मेल पठाउन र मेल रेस्पोन्ड गर्न सक्छन्। अब जीमेलका प्रयोगकर्ताले अफलाइन मोड इनेबल गरेको खण्डमा इन्टरनेटको प्रयोगबिना नै केही फिचरमा एक्सेस पाउन सक्नेछन्।
जीमेलको अफलाइन मोड प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस्।
सबैभन्दा पहिले आफूलाई आवश्यक परेको डिभाइसमा जीमेल अकाउन्ट खोल्नुहोस्। (हाल यो सेवा मोबाइल एप्लिकेसनमा उपलब्ध छैन। यो विन्डोज, म्याक र लिनक्सजस्ता अपरेटिङ सिस्टममा उपलब्ध छ।)





















