सप्तगण्डकीका प्राध्यापकमाथि भएको हातपातको बिषयमा दुई पक्षबीच सहमति
सान्दार अनलाईन
आइतबार, असार १९, २०७९
प्रकाशित
Advertisement
चितवन / भरतपुर १० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्राध्यापकमाथि भएको दुर्व्यहार र हातपातको बिषयमा दुई पक्षबीच सहमति भएको छ । कलेजका विज्ञान संकायका प्राध्यापक गिरिराज उपाध्यायमाथि हातपातको विषयमा दुव्र्यवहार भएको घटनामा दुई पक्षबीचमा सहमति भएको हो ।
समझदारी पत्रमा भनिएको छ, ‘क्याम्पसमा कार्यरत प्राध्यापक र पूर्वविद्यार्थीबीच असमझदारीको कारण उत्तेजित भई आदरणीय गुरुमाथि भएको दुव्र्यवहारमा क्षमायाचना गर्ने र दिने सहमति भएको छ ।’
समझदारीपत्रमा प्राध्यापक गिरिराज उपाध्याय र पूर्वविद्यार्थी अस्मिन घिमिरेले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा यस घटनापछि क्याम्पसमा सिर्जित वातावरणप्रति दुःख व्यक्त गर्दै स्वच्छ शैक्षिक वातावरण निर्माणमा सहयोगको लागि सम्बन्धित सबै पक्षमा अनुरोध पनि गरिएको छ ।
शुक्रबार कक्षा कोठामा अध्यापन गराईरहेको अवस्थामा बाहिर निकालेर उपाध्यायमाथि हातपात भएको थियो । उक्त घटनाको विद्यार्थी संगठनहरुले पनि विरोध गरेका थिए । आज बिहान आन्दोलित विद्यार्थीहरुले क्याम्पस प्रमुख मणिराज महतोको कार्यकक्षको कुर्चीमा आगजनी गरेका थिए । उक्त घटनाको बिषयमा आज साझ मात्रै शिक्षक र विद्यार्थी विच सहमती भएको हो ।