चितवन / उपत्यका वाहिरको ठूलो मलका रुपमा रहेको चितवनको सिजि मलमा ६५ व्यवसायीले ४ महिना वापतको भाडा छुट पाएका छन् ।
नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य रहनु भएका बिनोद चौधरीद्धारा सञ्चालित सिजी मल मलमा व्यवसाय गर्नेहरुलाई रु २ करोड ५० लाख भाडा छुट गरेका छन् । चौधरीले कोभिड १९ को संक्रमणका कारण लकडाउनमा परेका व्यवसायीहरुलाई भाडा छुट गरेका हुन ।
यस मलमा बिभिन्न किसिमका व्राण्डेट सामाग्रीहरु बिक्रिका लागि राख्ने गरिएको छ। मलका अप्रेसन निर्देशक राजेन्द्र अर्यालको पहलमा चौधरी ग्रुपका अध्यक्ष समेत रहेका बिनोद चौधरीले यो निर्णय गरेका हुन ।चौधरीको यो निर्णय संगै मलमा व्यवसाय गरेरवस्नेहरुले खुशि व्यक्त गरेका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि बिभिन्न स्थानीय तहहरुलाई करोडौको सामाग्री हस्तान्तरण गरेका चौधरीले लकडाउन अबधिको भाडा नलिने निर्णय गरे संगै व्यवसायीमा उर्ज पैदा भएको सिनेमल्टिप्लेक्स सिनेमाका संञ्चालक गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
यो निर्णय संगै लकडाउन अबधिको सत प्रतिशत भाडा छुट दिने निर्णय गर्ने चौधरी ग्रुप नेपालको पहिलो नीजी क्षेत्र वनेको छ ।





















