भरतपुर / योगले निरोगी मात्र बनाउने नभई अनुसासित पनि बनाउने भएकाले योगलाई जीवन शैलि बनाउनु पर्ने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताउनुभएकोे छ ।
वहाँले आज भरतपुरमा लायन्स क्लब अफ चितवन आरोग्यले आयोजना गरेको निःशुल्क योग प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
मेयर दाहालले मानसिक सन्तुष्टि प्राप्त गर्ने सबैभन्दा राम्रो माध्यम योग र ध्यानमात्रै भएको बताउदै उत्कृष्ट कार्य गरेकोमा लायन्स क्लब अफ चितवन आरोग्यलाई धन्यवाद ब्यक्त गर्दै यस्ता कार्यक्रलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा लायन्स ब्क्लस ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का पुर्व गर्भनर राजकुमार श्रेष्ठले बदलिदो जीवनशैलीका कारण उत्पन्न भएका बिकार हटाउन योग प्रभाबकारी हुने बताउनु भयो ।
कार्यक्रमका बरिष्ठ हाड जोर्नी बिशेषज्ञ डा आनन्द रेग्मीले ५००० बर्ष भन्दा पनि अगाडी देखी शुरु भएको योगलाई जीवनपद्दतीमा रुपान्तरण गर्न जरुरी भएको बताउनुभयो । भगवान महादेवको पालादेखि शुरु भएको योगले मानिसलाई शारिरीक रुपमा मात्र नभई मानसिक एवं बौद्धिक रुपमा पनि मानिसलाई चुस्त दुरुस्त बनाउने वहाँको भनाई थियो ।
कार्यक्रममा योग गुरु कल्पना आचार्यले योगको महत्वको चर्चा गर्दै सहभागिहरुलाई योग अभ्यास गराउनुभएको थियो ।
वहाँले योगले तनाब कम गर्ने, पाचनक्रियालाई सहि ढंगले चलाउने जस्ता कार्यगर्ने, रोग प्रतिरोधी क्षमता पनि बढाउने भएकाले यसलाई जीवनपद्धती बनाउन जरुरी भएको बताउनुभएको थियो ।बैदिक बालका ऋषिमुनिले अध्ययन गरी प्रतिपादन गरको योग नेपालमा सुस्ताउदै गईरहेकोमा पछिल्लो समय केहि सक्रियता देखिन थालेको छ ।
सन २०१४ मा सयुक्त राष्ट्रसंघको महासभाले हरेक बर्ष जुन २१ तारिखका दिनलाई अन्तराष्ट्रिय योग दिवस मनाउने निर्णय गरेपछि सन २०१५ देखि यो दिवस संसारभर मनाउदै आईरहेको छ । नेपालमा भने माघ १ गते लाई राष्ट्रिय योग दिवस मनाईन्छ ।
प्रशिक्षण कार्यक्रम क्लबका अध्यक्ष डा बिशाल सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । सन् २०२१ मा स्थापना भएको क्लबले स्वास्थ्य सम्बिन्धी बिभिन्न कार्य गर्दै आईरहेको छ ।





















