आफुलाई ऐनामा हेर्दा दुख देख्छु पीर देख्छु ,
कैदी झै घाटीमा फाँसी हातमा जँजिर देख्छु।
अचेल असल साथी बनाएको छु धूम्रपानलाई ,
चुरोटबाट निस्कने धुवामा तिम्रो तस्बिर देख्छु।
मैले,, मलाई एक्लो महसुस यसर्थ पनि गर्दिन ,
सडकको छेउमा भिखारी देख्छु फकिर देख्छु।
ज्योतिष बाको गाडीले कुल्चेर ज्यान लिएछ ,
अघिसम्म त भन्दै थिए आउनुस् तक्दिर देख्छु ।
किन पो भड्किन्छ होला बेलाबेला तिब्र गतिले ,
जब छामेर हेर्दा मेरो यो देब्रे छाती स्थिर देख्छु।





















