चितवन / चितवन मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान) स्थापना भएको १७ बर्ष पुरा भएको छ।
प्रयोगशाला स्वास्थ्यकर्मीहरुको छाता संगठनका रुपमा रहेको मेलान स्थापना दिवसको अवसरमा मेलान चितवनले मानव सेवा आश्रम भरतपुरमा रहेका असहाय व्यक्तिहरुलाई निशुल्क खाना खुवाएको छ।
संस्थाका चितवन अध्यक्ष मणीराज महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य गोपाल थापा तथा केन्द्रीय सदस्य विष्णु बास्तोला विशिष्ट अतिथीको रुपमा रहनुभएको थियो मेलानका पुर्व केन्द्रीय सचिवालय सदस्य सुरज अधिकारी प्रमुख अतिथिका रूपमा रहनुभएको उक्त कार्यक्रम मेलान चितवनका सचिव सुरेश खतिवडाले सञ्चालन गर्नुभएको थियो ।

मानव सेवा आश्रम चितवनकी संयोजक निता केसीले धन्यवाद मन्तव्य राख्दै मनकारी मेलानको जिल्ला समितिप्रती अाभार तथा स्थापना दिवसको शुभकामना समेत व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पर्दा भित्र रहेर अनवरत सेवा गर्ने प्रयोगशालाकर्मीहरुको छाता संगठनका रुपमा रहेको मेलान चितवनलाई थप गतिशिल तथा सेवामैत्री बनाउँदै प्रयोगशाला स्वास्थ्यकर्मीहरुको हक हित र पेशागत विकासमा समर्पित गराउने मेलान चितवनका अध्यक्ष मणीराज महतोले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
बिरामीको समस्या निदान गर्ने महत्वपूर्ण पाटो प्रयोगशाला स्वास्थ्यकर्मी भएता पनि स्वास्थ्य क्षेत्रका छायाँमा पारिएको भन्दै कोरोना महामारीमा आँफुहरुले खेलेको भूमिका नबिर्सन आग्रह गर्नुभएका प्रमुख अतिथि सुरज अधिकारीले मेलामा स्थापनाको यो दिनलाई उत्सवका रूपमा मनाउन सबै स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।





















