काठमाडौं / काठमाडौंमा घर बनाउने प्रयोजन (आवास) को लागि एक सय ३० वर्गमिटर (४ आना)भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको हो।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नियमावली २०७९ मा यस्तो व्यवस्था गरिएको हो। २३ जेठमा राजपत्रमा प्रकाशित गरेर यस्तो नियमावली सार्वजनिक गरिएको छ।
नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा पनि १५.७६ आना ९५ सय वर्गमिटर० भन्दा कम हुने गरी कित्ताकाट गर्न बन्देज लगाइएको छ। त्यस्तै, तराई र भित्री मधेशमा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा २१.२२ आना वा ३९.८६ धुर (६७५ वर्गमिटर) र बाँकी अन्य स्थानमा ३१.४५ आना वा ५९ धुर (एक हजार वर्गमिटर) भन्दा कममा कित्ताकाट गर्न नपाइने वयवस्था गरिएको छ।
निमायवली अनुसार ५ सय वर्गमिटर भन्दा सानो कित्ताको जग्गाको चौडाइ भन्दा लम्बाइ चार गुणा बढी हुनु पर्ने समेत प्रावधान नियमावलीमा समेटिएको छ । तराई र भित्री मधेशमा ६ सय ७५ मिटर भन्दा सानो हुने गरी कृषि क्षेत्रको कित्ताकाट गर्न नपाइने भएको छ । यी भू-भागभन्दा बाहेक भने एक हजार वर्ग मिटर हुनुपर्ने गरी तोकिएको छ ।





















