सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता लिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय खारेज गरेको हो।
सरकारले यही जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो। दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो।
दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो । यससँगै सरकारले असारबाट लागू हुनेगरी आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ।





















