भरतपुर / भरतपुर महानगरपालिका वडा न. ८ स्थित अभियान टोल विकास संस्थाद्धारा वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना साथै सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
अभियान टोल विकास संस्थाका अध्यक्ष सावित्री ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा न. ८ का वडा अध्यक्ष जिवनाथ कँडेल , विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा न .८ का निवर्तमान अध्यक्ष दामोदर न्यौपाने , अभियान टोल विकास संस्थाको अभिभावक मायाँ देवी अधिकारी , भरतपुर महानगरपालिका वडा न. ८ का वडा सदस्य पूर्ण बहादुर रानाभाट , भरतपुर वडा न. ८ का वडा सदस्य बरुण बस्नेत , भरतपुर वडा न. ८ का वडा सदस्य श्रीजना पौडेल , भरतपुर वडा न. ८ का वडा सदस्य कमला सुनार र अतिथिहरुमा देवराज अधिकारी लगायत टोलमा समाजसेवीहरु रहनुभएको थियो ।

विशिष्ट अतिथि भरतपुर वडा न. ८ का निवर्तमान अध्यक्ष दामोदर न्यौपानेलाई कार्यकालमा राम्रो काम गरेकोमा टोलका अध्यक्ष सावित्री ढकालले प्रशंसा गदै खादा र माला लगाएर सम्मान गर्नुभयो ।

भरतपुर महानगरपालिका वडा न. ८ स्थित अभियान टोल विकास संस्थाले करिब १६ धुर निजी जग्गा प्राप्त गरेको छ । टोलको विकास र समृद्धिका लागि भन्दै स्थानीय मायादेवी अधिकारीको परिवारले संस्थालाई जग्गा उपलब्ध गराएको हो ।
टोल विकासको प्रयोजनार्थ उक्त जग्गा अब संस्थाले आफ्नो स्वामित्वमा ल्याउने संस्थाकी अध्यक्ष सावित्री ढकालले बताइन् । जग्गादातालाई संस्थाले आइतबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

संस्थालाई दिएको जग्गासम्म पुग्नका लागि स्थानीय मीना मुखिया र पारस मुखियाले बाटो दिने सहमति भएको ढकालले बताइन् ।
कार्यक्रम टोल संस्थाका सचिव नारायणप्रसाद कँडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा वडाभित्र भएका सबै अपुरा कामहरुलाई पूर्णता दिएर ढल सहितको सडक निर्माणमा जनप्रतिनिधिले प्राथमिकता दिने बताएका थिए ।






















