पोखरा / उच्च अदालत पोखराले बलात्कार मुद्दामा थुनामा रहेका पूर्ण विक्रम शाह (पल शाह) लाई तारेखमा छाड्न अस्वीकार गरेको छ।
उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ अदालतकै आदेश सदर गर्ने निर्णय गरेको हो।
तनहुँ उच्च अदालतले गत चैत १० गते आदेश दिँदै पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
नाबालिग गायिकाले आफूमाथि पटक पटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जाहेरी दिएकी थिइन्।उक्त जाहेरीमाथि सुनुवाइ गर्दै तनहुँ जिल्ला अदालतले पललाई थुनामा पठाएको थियो।