एउटा कविता लेख्दै छु
म आज भानुको सम्झनामा
घाँसीको कोमल वाणीले
जब छोयो भानुको मनमा
भानु तिम्रो कृतिले
सबैमा जनमा प्रेरणा मिल्दैजाओस्
गरौं (कर्म) काम यस्तो
संसारले हामीलाई चिनोस्
गर्न नसक्ने के छ र यहाँ
कोशिस अवस्य गरे
मर्दैन कृति यहाँ
ताकि मनुष्य मरे
यो मनुष्य चोला
अवश्य परलोक त
सबै एक दिन जानुनै छ
गरौं केही सत्कर्म सबै जना मरेर के नै लानु छ
घाँसीको मन बुद्धि देखेर
भानु आदि कवि बने
के गर्न सकिदैन र यहाँ
मनमा अठोट छ भने ।






















