काठमाण्डौं / गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् । यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको रंगशाला आर्थिक अभाव हुँदा सरकारले स्वामित्व लिएको हो ।
सरकारले बजेट भाषणमार्फत काठमाडौंदेखि चितवन एक घण्टामै पुग्न सकिने गरी सडकमार्ग बनाउने घोषणा गरेको छ।
सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ रोड रकम बिनियोजन गरेको जानकारी दिएका हुन् ।
सरकारले आर्थिक वर्ष २०७८/८९ मा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । जुन अघिल्लो आर्थिक वर्ष भन्दा २८ करोडले कम हो ।





















