चितवन / भरतपुर महानगरपालिकामा मेयर सत्तारूढ गठबन्धनको तर्फाबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल फराकिलाे मतान्तरले विजयी भएकी छिन् ।
रेनुले नेकपा एमालेका उमेद्वार विजय सुवेदी १२ हजार ४ सय ४९ मतले पराजित गरेकी हुन् ।

यस्तै भरतपुर महानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनको तर्फाबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । चित्रसेन एमालेले समर्थन गरेकाे राप्रपाकी हिमला गुरूङकाे २२ हजार १ सय ९१ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
भरतपुरको २९ वार्डमा नेपाली काँग्रेसले १,२,४,५,६,८,१०,,१४,१५,१६,१७,२०,२१,२३,२७,र २९ गरेर १६ वटा वडाध्यक्षमा जितेको छ । नेकपा एमालेले ३,११,१२,१८,१९ र २८ गरेर ६ वटा वडाध्यक्ष जितेको छ ।नेकपा माओवादी केन्द्रले १३,२४ र २६ गरेर ३ वार्ड तथा नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ गरेर ३ वार्ड जित्न सफल भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं. २५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी भएका छन् ।






















