चितवन / भरतपुर महानगरपालिका वडा नं.१३ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट माओवादी केन्द्रकाका उम्मेद्वार प्रकाश दवाडी निर्वाचित भएका छन्। उनले नेकपा एमालेका शान्तराज आचार्यलाई पराजित गरेका हुन्।
भरतपुर १३ मा ४६१९ मतदाता रहे पनि ३४२३ मत खसेको थियो । वडा नं.१३ को सदस्यमा पनि गठबन्धनका सदस्यहरु नै विजयी भएको छन । भरतपुरको वडा १ देखि १४ सम्मको गणना सम्पन्न हुँदा) कुल मत ६७५०८ गणना भएकोमा प्राप्त मत परिणाम :
मेयर :
रेनु दाहाल : २६२५८ (अग्रता:४७०२)
(वडा १३ मा ६१२ र वडा १४ मा ९००+ को अग्रता)
बिजय सुवेदी : २१५५६
उपमेयर :
चित्रसेन अधिकारी : २८२०३ (अग्रता : ११४५८)
हिमला गुरुङ (हलो) : १६७४५
वडा अध्यक्ष :
वडा १३ :
हसिया हतौडा : १५४७ (अग्रता : ३०४) विजयी
सुर्य : १२४३
वडा १४:
रुख : १९११ (अग्रता : ३३४) विजयी
सुर्य : १५७७






















