चितवन / चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर ७,६१६ पुर्याएकी छन् ।
९०,५७८ मतगणना गर्दा रेनुले ३५,५९५ मत पाएकी छन् । सुवेदीले २७,९७९ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ११,९२७ मत पाएका छन् ।
उपमेयमरमा कांग्रेसका चित्रसेन अधिकारीले ३७,७४२ तथा राप्रपाकी हिमला गुरुङले २२,१२२ मत पाएका छन् । अधिकारीले गुरुङसंगको मतान्तर १५,६२० पुर्याएका छन् ।
अहिले वडा नम्बर १९ र २० को मतगणना भइरहेको छ ।






















