चितवन / भरतपुर महानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेकपा (एकीकृत समाजवादी) राजेन्द्रमणि काफ्ले निर्वाचित भएका छन्। उनले नेकपा एमालेका सनत कुमार लामिछानेलाई पराजित गरेका हुन्।
यो सगै भरतपुरको अहिले सम्म ७ वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ र ६ गरेर ५ वटा वार्ड जितेको छ भने एमालेले वडा न. ३ जितेको छ ।
यस्तै समाजवादीले पहिलो वार्ड जितेको हो । यति बेला वार्ड नम्वर ८ को पनि मत गणना चलिरेको छ भने वार्ड ९ को मतगणना सुरु गर्न लागिएको छ । मेयरमा भने रेनु दाहालले विजय सुवेदीलाई फराकिलो मतान्तरले पछि पारेकी छिन् ।





















