चितवन / नेपाली कांँग्रेस चितवनको जिल्ला कार्यसमितिमा संचार उद्यमी एवं नेपाली कांँग्रेसका इमान्दार , क्रियाशील सदस्य नबिन राज पौडेल मनोनित हुनुभएको छ ।
उनी चितवनका मिडिया उद्यमी हुन् । पार्टीको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै पार्टीले पौडेललाई आज आमन्त्रित सदस्यमा मनोनित गरेको हो ।
पौडेल लामो समयदेखि पार्टीको विभिन्न तह र तप्कामा रही काम गर्दै आउनु भएको छ । उहांँ नेपाली कांँग्रेस प्रचार विभाग सदस्यको रुपमा काम गरिसक्नुभएको छ भने लामोसमयदेखि पार्टीको प्रतिष्ठा, हित र संगठन विस्तार लगायतका काम गर्दै आउनु भएको छ ।





















