चितवन / चितवनका ९८ वडामध्ये १४ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जस अनुसार नेपाली कांग्रेसको ५ र नेकपा एमालेको ४ वडाध्यक्ष जितेका छन् । यस्तै नेकपा माओवादी केन्द्रले ३ तथा राप्रपाले २ वडाध्यक्ष जितेका छन् ।
गठबन्धन तर्फबाट कांग्रेसका केशव महर्जन भरतपुर महानगरपालिका १ को वडाध्यक्षमा विजयी भएका छन् । यस्तै गठबन्धन तर्फबाट कांग्रेसका मनोज रानाभाट भरतपुर महानगरपालिका २ को वडाध्यक्षमा विजयी भएका छन् ।
यस्तै कालिका नगरपालिका १० मा कांग्रेसका नरजंग प्रजा तथा १ मा सन्तवीर स्याङ्तान निर्वाचित भएका छन् । खैरहनी नगरपालिका -१ को वडाध्यक्षमा कांग्रेसका नवराज भुसाल विजयी भएका छन् ।
एमालेको तर्फबाट इच्छाकामना गाउँपालिका २ मा पञ्चबहादुर प्रजा, कालिका ११ मा कृष्णबहादुर प्रजा, राप्ती नगरपालिका ६ मा जल्लु महतो थारु र ४ मा केदार आचार्य विजयी भएका छन् ।
माओवादी केन्द्रबाट इच्छाकामना १ मा सन्तबहादुर राना, माडी नगरपालिका- २ दण्डपाणि पौडेल, माडी ९ मा घनश्याम दवाडी निर्वाचित भएका छन् ।
उस्तै राप्रपाका माडी नगरपालिका – १ मा अमित लामा र वडा नम्बर ८ को वडाध्यक्षमा वीरेन्द्र भण्डारी विजयी भएका छन् । अन्य वडाको मतगणना भइरहेको छ ।





















