
भरतपुर / भरतपुर महानगरपालिका वडा नम्बर २ मा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेस उमेद्वार मनोज रानाभाट विजयी भएका छन् ।
कांग्रेस उमेद्वार मनोज रानाभाटले नेकपा एमाले उमेद्वार कृष्ण केसीलाई पछाडि पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् । यसअघि यस वार्डमा नेकपा एमाले जितेको थियो ।
यसअघि वार्ड १ मा पनि ५ दलिय गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वार केशव महर्जन वडाध्यक्षमा विजयी हुनुभएको छ ।





















