कुरिनटार / चितवनको इच्छाकामना गाउँपालिका वडा नं. १ वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार सन्त बहादुर राना मगर विजयी भएको खबर प्राप्त भएको छ। यद्यपी निर्वाचन अधिकृतले विजयी भएको घोषणा गर्न बाँकी छ ।
कडा प्रतिस्पर्धा भएको यो वडामा सुरुवात देखि नै नेकपा एमालेका उम्मेद्वार नन्दलाल गिरीले अग्रता लिए पनि अन्तमा १० मत अन्तरले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार सन्त बहादुर राना मगरले बिजय हासिल गरेका हो।
यस अघिको स्थानीय तह निर्वाचनमा यो वडा एमालेले जितेको थियो ।





















